kumari
stcnepal

१२ बर्ष सम्मको जेल सजायँ माग गर्दै सन्दीप लामिछाने बिरुध्दको मुद्धा काठमाडौं जिल्ला अदालतमा दर्ता

काठमाडौं ।नाबालिग माथि बलात्कार गरेको आरोप लागेका सन्दीप लामिछाने विरूद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ। सरकारी वकिलको कार्यालय काठमाडौंले उनी विरूझ जबर्जस्ती करिणी कसुरमा साेमबार मुद्दा दर्ता गरेको हाे । आज मुद्दा दर्ता भए पनि भोलिमात्रै थप प्रक्रिया अघि बढाइने अदालतका सूचना अधिकारी दीपक दाहालले बताए । मुद्दामा बयानका लागि पेशी चढाउन भोलि गोलाप्रथा हुने त्यसपछि थुनछेकका लागि बयान र बहसकाे प्रक्रिया अघि बढ्ने उनले बताए ।

जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त गौशालाले उनीविरूद्ध अनुसन्धान सकेर कात्तिक ४ गते नै वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो। उक्त अनुसन्धान प्रतिवेदन बुझाए पनि तिहार चाड सुरू भएकाले उनको मुद्दा दर्ता हुन सकेको थिएन। प्रहरीले उनी विरूद्ध मुलुकी अपराध संहिताको परिच्छेद १८ को करणी सम्बन्धी कसूरको दफा २१९ जबरजस्ती करणी गर्न नहुने व्यवस्थाकाे उपदफा ३ को ‘घ’ अनुसार १२ वर्षसम्म कैद सजाय मागदाबी गरिएको छ। पीडितलाई क्षतिपूर्ति दिनुपर्ने भन्दै मागदाबी समेत गरिएकाे छ ।

प्रहरीले लामिछाने विरूद्ध होटलका सिसिटिभी फुटेज, बयान, अस्पतालको रिपोर्ट लगायतलाई प्रमाणको रूपमा पेश गरेको छ। तर लामिछानेले अभियाेग अस्वीकार गर्दै आएका छन् ।लामिछाने माथि भदौ ५ गते काठमाडौंको गाैशाला स्थित एक होटलका कोठा नम्बर ३०५ मा लगेर जाहेरीवाल नाबालिगलाई पटकपटक बलात्कार गरेको आरोप लगाइएको छ । जाहेरीकाे अाधारमा लामिछाने असाेज २० मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाट पक्राउ परेका थिए ।

footer