kumari
stcnepal

सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा

काठमाडौं ।क्रिकेटर सन्दीप लामिछाने विरुद्धको मुद्दामा थुनछेक बहस नसकिएपछि बुधबार मुद्दा हेर्दाहेर्दैमा अर्कोदिनका लागि राखिएको छ । आजको बहसमा प्रतिवादी सन्दीपको तर्फ बाट रोशनी पौडेल, मुरारी सापकोटा सहित वरिष्ठ अधिवक्ता शशि अधिकारी, सुनिता रेग्मी, अधिवक्ता शान्ति काफ्ले लगायतले बहस गरेका थिए ।

यसअघि मंगलबार साँझ अबेर सम्म सन्दीपको बयान लिइएको थियो । मंगलबार साँझ सम्म बयान लिएर सकाएपछि सन्दीप विरुद्धको मुद्दा हेर्दाहेर्दैमा राखेर आज थुनछेक बहस भएको हो । १७ वर्षीय नाबालिग किशोरीलाई जबर्जस्ती करणी गरेको जाहेरीका आधारमा सन्दीप माथि प्रहरीले अनुसन्धान गरेको थियो ।

२४ दिन प्रहरी हिरासतमा राखी कात्तिक १४ गते सोमबार काठमाडौँ जिल्ला अदालतमा सन्दीपविरुद्ध जबर्जस्ती करणी गरेको कसुरमा मुद्दा दायर गरिएको थियो ।

footer