kumari
stcnepal

पाकिस्तान आईसिसी टि २० को सेमिफाइनल प्रवेश

काठमाडौं ।बंगलादेशलाई हराउँदै पाकिस्तान आइसिसी टी-२० विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ। बंगलादेशले दिएको १२८ रनको लक्ष्य पाकिस्तानले ११ बल बाँकी हुँदै मात्र ५ विकेटको क्षतिमा पुरा गर्‍यो।

उसका लागि मोहम्मद रिजवानले सर्वाधिक ३२ रन बनाए। यस्तै मोहम्मद हरिसले ३१ रन बनाउँदा कप्तान बाबर अजामले २५ रन बनाए। सान मसुदले नटआउट रन बनाए।बंगलादेशका लागि नसुम अहमद,शाकिब अल हसन र इबादत हसनले १-१ विकेट लिए।

आफिफ हसनले २४ रन बनाउँदा सौम्य सरकारलेले २० रन जोडे। लिथन दासले १० रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। बंगलादेशलाई सस्तैमा रोक्न पाकिस्तानका शाहिन साह अफ्रिदीले करियरकै उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा २२ रन खर्चिएर सर्वाधिक ४ विकेट लिए। शादव खानले २ तथा हरिश रौफ र इफ्तिखार अहमदले समान १-१ विकेट लिए।

पाकिस्तानले अन्तिम ४ मा स्थान बनाए सँगै सेमिफाइनल समीकरण पूरा भएको छ। समूह चरणको अन्तिम खेलमा भारतले जिम्बाबे सँग खेल्दै छ। नेदरल्याण्डको जितले एक खेल अगावै भारत समुह ‘२’ बाट सेमिफाइनल पुगेको छ। अन्तिम खेलमा भारतले आज जिम्बाब्वेलाई पराजित गरे समूह विजेताको रुपमा सेमिफाइनल पुग्नेछ।

footer