kumari
stcnepal

पछिल्लो २४ घण्टामा थपिए २८ जना कोरोनाका संक्रमित

काठमाडौं ।पछिल्लो २४ घण्टामा देशभर २८ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । १८ सय ७९ जनामा गरिएको परीक्षणमा उक्त संख्यामा कोरोना देखिएको हो ।

१२ सय १९ जनामा गरिएको पीसीआर परीक्षणमा २६ जना र छ सय ६० जनामा गरिएको एन्टीजेन परीक्षणमा दुई जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सो अवधिमा १८ जना कोरोनामुक्त भएका छन् ।

आज थपिएका कोरोना संक्रमित सँगै मुलुकभर सक्रिय संक्रमितको संख्या ५७० पुगेको छ ।

footer