kumari
stcnepal

पछिल्लो २४ घण्टामा थपिए ८ कोरोनाका संक्रमित

काठमाडौँ – नेपालमा पछिल्लो २४ घण्टामा थप ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार कोरोना बाट पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन। हाल सम्म कोरोना बाट ज्यान गुमाउनेको संख्या १२ हजार १९ पुगेको छ।

शनिबार २४ जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर ५३० जना कोरोनाका सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ। गत २४ घण्टामा देशभर ६८० पीसीआर परीक्षण भएको छ।

footer