kumari
stcnepal

इङल्यान्डले जित्यो टि-२० बिश्वकप क्रिकेटको उपाधि

काठमाडौं ।आईसिसी टी(२० विश्वकपको उपाधि इङ्ल्याण्डले जितेको छ। आइतबार अष्ट्रेलियामा भएको फाइनल खेलमा पाकिस्तानलाई उसले उपाधि हात पारेको हो । पाकिस्तानले दिएको १३८ रनको मध्यम लक्ष्य इङ्ल्याण्डले १९ ओभरमा ५ विकेट गुमाउँदै पुरा गर्यो ।

इङ्ल्याण्डलाई जिताउन बेन स्टोक्सले अर्धसतकीय इनिङ्स अर्थात ४९ बलमा ५ चौका र १ छक्का प्रहार गर्दै ५२ रनमा नटआउट रहे। जोश बट्लरले २६ रन बनाउँदा ह्यारी ब्रुकले २० रन जोडे । १७ बल खेलेका उनले ३ चौका र १ छक्का प्रहार गरे। मोइल अलीले १२ बलमा १९ रन बनाए। फिल साल्ट १० रनमा आउट हुँदा एलेक्स हल्स १ रनमा बोल्ड भए।

यसअघि मेलबर्न क्रिकेट ग्राउन्डमा टस हारेर पहिला ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ३७ रन बनाएको थियो। उसका लागि शान मसुदले सर्वाधिक ३८ रन बनाए। २८ बल खेलेका उनले २ चौका र १ छक्का प्रहार गरे। यस्तै कप्तान बाबर आजमले ३२ रन बनाए। २८ बल खेलेका बाबरले २ चौका प्रहार गरे। शादब खानले १४ बलमा २ चौकासहित २० रन जोड्दा ओपनर तथा विकेटकिपर मोहम्मद रिजवान १५ रनमा आउट भए। युवा ब्याटर मोहम्मद हरिसले ८ रन बनाए।

मोहम्मद नवाज ५, मोहम्मद वासिम जुनियर ४ र शाहिन शाह अफ्रिदीले ५ रन बनाए। इफ्तिखार अहमद शून्यमा क्याच आउट भए। इंग्ल्यान्डका लागि साम करनले ४ ओभरमा १२ रन खर्चेर ३ विकेट लिए। स्पिनर आदिल राशिदले ४ ओभरमा १ मेडन सहित २२ रन खर्चिएर २ विकेट लिए। बेन स्टोक्सले ४ ओभरमा ३२ रन खर्चेर १ विकेट लिए । क्रिस जोर्डनले ४ ओभरमा २७ रन खर्चेर २ विकेट लिए।

footer