kumari
stcnepal

नेपाल र युएई बीचको अन्तिम एक दिवसिय खेल आज हुदै

काठमाडौं ।नेपालले यूएई सँगको तेस्रो तथा अन्तिम एक दिवसीय खेल आज खेल्दैछ । खेल बिहान ९ बजे त्रिवि मैदान कीर्तिपुरमा हुँदैछ ।

बुधवार भएको दोस्रो खेल नेपालले ३ विकेटले जितेको थियो । यो परिणाम सँगै श्रृंखलामा एक/एकको बराबरी भएको थियो । आजको खेल जसले जित्छ, उसैले श्रृंखला आफ्नो पक्षमा पार्नेछ ।

घरेलु मैदानमा पहिलो एक दिवसीय अन्तर्राष्ट्रिय श्रृंखला जित्नका लागि नेपाल उच्च मनोबलका साथ मैदान उत्रिंदैछ ।

footer