kumari
stcnepal

बैतडीमा प्रहरी चढेको जीप दुर्घटना हुँदा ३ को निधन ९ घाईते

बैतडी ।बैतडीको पाटनमा मतपेटिका पुर्‍याएर फर्किंदै गरेको प्रहरी सवार जिप दुर्घटना हुँदा ३ जनाको निधन भएको छ । ९ जनाको अवस्था चिन्ताजनक छ ।

पाटन नगरपालिकाको थुम भन्ने स्थानमा आज बिहान साढे ६ बजे तिर जिप दुर्घटना भएको थियो । प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले दुर्घटनामा तीन जनाको निधन  भएको र नौ जनाको अवस्था ‘अत्यन्तै चिन्ताजनक’ रहेको बताए । घाइतेहरुलाई हेलिकोप्टर मार्फत् कोहलपुर पठाउने तयारी भइरहेको छ ।

उक्त जिपमा १२ जना सवार थिए । जिप सडक बाट करिब २ सय मिटर तल खसेको छ ।

footer