kumari
stcnepal

नवलपरासीमा मतगणनास्थल नजिकै खुकुरी प्रहार एकको निधन एक घाइते

रुपन्देही ।पशिचम नवलपरासीको क्षेत्र नं १ को मतगणना भइरहेको बर्दघाट नगरपालिका नजिकै मङ्गलवार राती एक युवकको खुकुरी प्रहार गरी निधन भएको छ भने एक महिला घाइते भएकी छन् ।

मृतक, घाइते र खुकुरी हान्नेको पहिचान खुलेको छैन । इलाका प्रहरी कार्यालय बर्दघाटका प्रहरीका अनुसार खुकुरी प्रहार गरिएका करिब ४५/४५ वर्षका ती युवकको घटनास्थलमै निधन भएको छ भने घाइते सोही उमेरकी महिलालाई गम्भीर अवस्थामा उपचारका लागि अस्पताल पठाइएको छ ।

इप्रका बर्दघाटले घटनाको अनुसन्धान गरिरहेको जनाएको छ । घटना घटेको स्थानमा गैडाकोट लेखेका केही कार्ड भेटिए पनि अरू केही खुलेको छैन । मतगणनास्थल बाट करिब १ सय मिटरको दुरीमा सो घटना भएको स्थानीय पत्रकार कुस्माखर ढकालले जानकारी दिए ।

footer