kumari
stcnepal

विश्वकप: मेक्सिकोलाई हराउँदै अर्जेन्टिनाको पहिलो जित

काठमाडौं ।फिफा विश्वकप अन्तर्गत समूह ‘सी’ को खेलमा मेक्सिकोलाई २–० गोलको नतिजमा पराजित गर्दै अर्जेज्टिनाले प्रतियोगितामा पहिलो जित निकालेको छ ।

लुसेल रंगशालामा सम्पन्न खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । खेलको ६४औं मिनेटमा कप्तान लियोनेल मेसीले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए ।
एन्जो फर्नान्डेजले ८७औं मिनेटमा गरेको गोलसँगै अर्जेन्टिनाले २–० को नतिजामा जित सुनिश्चित गरेको थियो ।

पहिलो खेलमा साउदीअरब सँग २–१ गोलको नतिजामा पराजय बेहोरेको अर्जेन्टिनलाई अन्तिम १६ यात्रा जिवितै राख्न यो खेल जित्नैैपर्ने दवाव रहेको थियो । समूह चरणको अन्तिम खेलमा पोल्यान्डलाई हराए अर्जेन्टिना अन्तिम १६ प्रवश गर्नेछ ।

पहिलो खेलमा पोल्यान्ड सँग गाल रहित बराबरी खेलको मेक्सिकोले अन्तिम खेलमा साउदी अरबको समाना गर्नेछ ।

footer