kumari
stcnepal

वन्यजन्तु तस्करीमा संलग्न दुई प्रदेश सांसद सहित ४७ जना बिरूध्द मुद्दा दायर

काठमाडौं । दुई प्रदेश सांसद सहित ४७ जना वन्यजन्तु तस्करीमा संलग्न रहेको ठहर गर्दै पर्सा राष्ट्रिय निकुञ्जले मुद्दा दायर गरेको छ । मुद्दा दायर भएकामा २ जना प्रदेश सांसद र पूर्वगाउँपालिका अध्यक्षसमेत रहेका छन् । मुद्दा दायर गरिएकामा पर्सा क्षेत्र नम्बर ३(१) का प्रदेश सांसद प्रमोदकुमार जयसवाल, काठमाडौंका क्षेत्र नम्बर ५(२) का प्रदेश सांसद श्याम खड्का र सखुवा प्रसौनी गाउँपालिकाका पूर्वअध्यक्ष प्रदीप जयवाल रहेका छन् ।

पर्सा राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएका सैनिक, निकुञ्जका सुरक्षाकर्मी र कर्मचारी सम्मिलित टोलीले पर्साको सखुवा पर्सौनी गाउँपालिकाको अकवनियास्थित सांसद जयसवालको घरमा गत पुस ५ गते छापा मारेर मृत जरायो र केही हातहतियार बरामद गर्‍यो। त्यसक्रममा केही व्यक्तिसमेत पक्राउ परेका थिए।

प्रहरीले जयसवालको घरबाट झापस दास थारु, विशाल सहनी, दामोदर अधिकारी, म्लाङ दोङ तामाङलाई मृत हरिणसहित अवैध हातहतियार सहित नियन्त्रणमा लिएको थियो । तस्करीमा प्रयोग भएको बन्दुक वाग्मती प्रदेशअन्तर्गत काठमाडौं क्षेत्र नम्बर ५(२)का सांसद श्याम खड्काको भएको खुल्न आएपछि खड्काको पनि संलग्ना खुलेको थियो ।

footer