kumari
stcnepal

मनोज पाण्डेलाई ७ बर्षको जेल सजायँ

काठमाडौं ।सौन्दर्य प्रतियोगिताको आडमा बलात्कार गरेको अभियोग लागेका मनोज पाण्डेलाई काठमाडौं जिल्ला अदालतले ७ वर्ष कैदको सजाय तोकेको छ ।गत माघ १० गते न्ययााधीश दीपक ढकालको इजलासले मानव बेचबिखनसम्बन्धी मुद्दामा पाण्डेलाई दोषी ठहर गरेको थियो । तर, सजाय निर्धारण हुन बाँकी थियो । सोमबार सजाय निर्धारण गर्दै ७ वर्ष कैद र पीडितलाई ७५ हजार क्षतिपूर्ति गराउने निर्णय गरेको काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दीपक दाहालले जानकारी दिए ।

यसअघि जिल्लाले बालयौन दुर्व्यवहारमा ६ महिना कैद र ५० हजार जरिवाना तोकेको थियो । मनोज पाण्डे मानव बेचबिखनमा पनि दोषी ठहर, सजाय माघ २३ मा निर्धारण हुने पाण्डे माथि आठ वर्ष अघि एक सौन्दर्य प्रतियोगिताको आडमा बलत्कार गरेको आरोप पीडित युवतीले लगाएका थिए ।

सन् २०१४ मा भएको ‘मिस ग्लोबल इन्टरनेसनल’ प्रतियोगितामा सहभागीलाई होटलमा बोलाएर बलात्कार गरेको तथा फोटो र भिडियो खिचेर ‘ब्ल्याकमेल’ गर्दै ६ महिना सम्म निरन्तर यौन शोषण गरेको पाण्डेलाई आपरोप लगाएका थिए । लगत्तै न्यायका लागि आवाज उठेको थियो । जाहेरी दिँदै पाण्डे माथि अनुसन्धान भएको थियो । अनुसन्धानपछि जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले मुद्दा दायर गरेको थियो ।

footer