kumari
stcnepal

टर्कीको भौगोलिक अवस्थिति नै साढे ३ मिटर सर्‍यो

काठमाडौं । टर्कीमा सोमबार गएका दुईवटा शक्तिशाली भूकम्पका कारण त्यहाँको भौगोलिक अवस्थिति नै बदलिएको छ । भूगर्भविदका अनुसार भूकम्पले गर्दा टर्की अवस्थित रहेको टेक्टोनिक प्लेटलाई १० फिट पर सारिदिएको छ । जसका कारण टर्कीको भौगोलिक अवस्थिति नै साढे ३ मिटर सरेको छ । सोमबार टर्कीमा गएको ७.८ र ७.५ रेक्टर स्केलका दुईवटा शक्तिशाली भूकम्पको झट्काले गर्दा ठूलो मानवीय तथा भौतिक क्षति भएको छ ।

टर्कीको भौगर्भिक अवस्थिति उच्च भूकम्पीय जोखिमयुक्त क्षेत्रमा छ । यो मुलुक एनाटोलियन प्लेट, अरेबियन प्लेट र युरेसियन प्लेटको सीमाक्षेत्र स्थित फल्टलाइनमा पर्दछ । जसका कारण यहाँ भूकम्पीय गतिविधि तिव्र रहेको छ । वैज्ञानिकहरुका अनुसार भूकम्पका कारण एनाटोलियन प्लेट र अरेबियन प्लेटबीचको १४० मिटर लामो फल्टलाइनमा चिरा परेको छ । इटालियन भूकम्पविद डाक्टर कार्लो डोग्लियोनिका अनुसार सिरियाको तुलनामा टर्कीको जमिन ५‍.६ मिटरसम्म सरेको हुनसक्छ । यद्यपि यो प्रारम्भिक डेटा भएको हुनाले आगामी दिनमा प्राप्त गरिने स्याटेलाइट डाटाहरु बाट यसको एकिन जानकारी प्राप्त गर्न सकिनेछ ।

डरहाम विश्वविद्यालयका भूगर्भशास्त्रका प्राध्यापक डाक्टर बब होल्डस्वर्थका अनुसार भूकम्पको तिव्रता अनुसार अहिले भएको टेक्टोनिक प्लेटको स्थानान्तरण स्वभाविक हो । उनका अनुसार ठूला भूकम्पमा टेक्टोनिक प्लेट स्थानान्तरण हुने र त्यसबाट कुनै ठाउँको जमिनको अवस्थिति सर्ने कुरा अनुमानयोग्य तथा पुष्टि भएको कुरा हो । उनका अनुसार ६.५ देखि ६.९ रेक्टर स्केलसम्मको भूकम्पमा १ मिटरसम्म जमिन सर्न सक्दछ । जबकि सबैभन्दा ठूलो भूकम्पमा टेक्टोनिक प्लेट १० देखि १५ मिटरसम्मले पनि सर्न सक्छ । टर्कीमा भएको टेक्नोनिक प्लेटको स्थानान्तरण तेर्सो स्थानान्तरण रहेको र यसमा ३ देखि ६ मिटरसम्म सर्नु सामान्य रहेको उनको भनाइ छ । यस्तो प्रकारको तेर्सो स्थानान्तरणले सतहमा रहेका तथा भूमिगत भौतिक संरचनाहरुमा व्यापक क्षति हुने पनि उनले बताए ।

डेलीमेलको सहयोगमा

footer