kumari
stcnepal

हिजो ल्होत्से मलमा भएको लुटपाटमा संलग्न भएकालाई कारबाही गर्न प्रहरीलाई निर्देशन

काठमाडौं ।सोमबार यातायात मजदुरको आन्दोलनमा नयाँ बसपार्क स्थित ल्होत्से मलमा लुटपाट गर्नेलाई कारबाही गर्ने गृहमन्त्रालयले प्रहरीलाई निर्देशन दिएको छ ।

सोमबार आन्दोलनकारीको एक समूहले ल्होत्से मलमा सञ्चालित पसल बाट मोवाइल लुटपाट गरेका थिए । उनीहरुले लुटपाट गरेको भिडियोहरु समेत अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ । आज (मंगलबार) गृह मन्त्रालयका सचिव विनोदप्रकाश सिंहले प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहलाई टेलिफोन गरी उक्त घटनामा संलग्नको पहिचान गरेर कारबाही गर्न निर्देशन दिएका हुन् ।

सोमबार मल बाट आठ करोड भन्दा बढीको सामन लुटिएको व्यावसाहीले जनाएका छन् । सोमबार नयाँ बसपार्कको ब्यवस्थापन लिएको ल्होत्से समूहले यातायात व्यवसायी माथि हातपात गरेको भन्दै उक्त समूहको मलमा आन्दोलनकारीले तोडफोड गरेका थिए । त्यसै बेला आन्दोलनकारीले करोडौंको सामान चोरी भएको ल्होत्से मलका व्यवसायीहरुको भनाइ छ । सीसीटिभी फुटेजको आधारमा लुटपाटमा संलग्नहरुको खोजी भइरहेको प्रहरीले बताएको छ ।

footer