kumari
stcnepal

नामिबिया माथी नेपालको सान्दार जित

काठमाडौँ – आईसीसी विश्वकप लिग–२ अन्तर्गत मंगलबार बाट सुरु भएको त्रिकोणात्मक एकदिवसीय सिरिजको पहिलो खेलमा नेपालले नामिबियालाई २ विकेटले पराजित गर्दे ऐतिहासिक जित निकालेको छ।

नेपालले एकदिवसीय क्रिकेट इतिहासकै सर्वाधिक रनको लक्ष्य चेज गर्दै कीर्तिमानी जित निकालेको हो। जित सँगै नेपालले लिग अंङ्कतालिकामा २ अङ्क थप्दै २५ खेल बाट २० अङ्क बनाएको छ। टस हारेर पहिले ब्याटिङ गरेको नामिबियाले निर्धारित ५० ओभरमा नेपाल सामु २ सय ८६ रनको उच्च लक्ष्य प्रस्तुत गरेको थियो। जुन लक्ष्य नेपालले १४ बल अगाडि नै ८ विकेट गुमाएर पूरा गर्दै एकदिवसीय अन्तर्राष्ट्रियमा सर्वाधिक ठूलो रन चेजको कीर्तिमान बनायो।

नेपालको ऐतिहासिक जितमा कुशल भुर्तेलले शानदार इनिङ खेले। उनले करिअरको पहिलो शतकीय इनिङ खेल्दा ११३ बलमा ११५ रन बनाए। उनले आफ्नो इनिङमा १० चौका र ४ छक्का प्रहार गरेका थिए।

footer