kumari
stcnepal

काठमाडौँका यि ६ स्थानमा भेटीयो बर्डफ्लु, सावधान

काठमाडौं ।काठमाडौं उपत्यकाका ६ स्थानमा बर्डफ्लु भेटिएको छ । काठमाडौं उपत्यकाका ६ स्थानमा पालिएका हाँस, कुखुरा, कालिज तथा बट्टाईमा बर्डफ्लु संक्रमण एचफाइभएनवान देखिएको हो । पशु सेवा विभागका अनुसार ललितपुरको खुमलटार, काठमाडौंको शंखमुल, तारकेश्वर, नागार्जुन र कीर्तिपुरमा संक्रमण देखिएको हो । भक्तपुरको चाँगुनारायणमा पनि व्यवसायिक फार्ममा पालिएका कुखुरामा बर्डफ्लु संक्रमण देखिएको छ ।

विभागका अनुसार व्यवसायिक फार्म मात्रै नभइ सानो संख्यामा पालिएका हाँस कुखुरामा पनि संक्रमण पुष्टि भएको छ । अन्य शंकास्पद क्षेत्रका पन्छीको नमूना पनि परीक्षण भइरहेको छ । मंगलबार सम्म बर्डफ्लु संक्रमण पुष्टि भएका फार्ममा पालिएका १८ हजार ५३२ वटा हाँस, कुखुरा नष्ट गरिएको विभागको तथ्यांक छ । यसअघि गतवर्ष फागुनमा काठमाडौं उपत्यका सहित देशभरका ११ जिल्लामा बर्डफ्लु संक्रमण फैलिएको थियो ।

footer