kumari
stcnepal

नेपाल र भारत बीचको पहिलो महिला फुटबल मैत्रीपूर्ण खेल बराबरीमा सकियो

काठमाडौं ।पहिलो अन्तर्राष्ट्रिय मैत्रिपूर्ण खेलमा नेपाल र भारतिय महिला फुटबल टिमले २–२ गोलको बराबरी खेलेका छन् । जवारलाल नेहेरु स्टेडयम चेन्नाईमा सम्पन्न खेलमा दुई गोलले पछि परेको नेपालले तीन मिनेटको अन्तरालमा दुई गोल गर्दा खेल रोमाञ्चक बराबरी भएको हो ।

पहिलो हाफ गोल रहित बराबरीमा सकिएको खेलको ५६औं मिनेटमा सब्सिट्युट खेलाडी सौम्याले गोल गर्दै भारतलाई अग्रता दिलाएकी थिइन् ।
कप्तान इन्दुमति काथिरेसानले ६८औं मिनेटमा भारतको अग्रता दोब्बर पारेकी थिइन् ।

त्यसपछि लगातार दवावमा परेको नेपालका लागि निर्धारित समयको अन्तिम मिनेटमा साबित्रा भण्डारीले पेनाल्टिमा गोल गर्दै खेललाई २–१ को स्थितीमा ल्याएकी थिइन् । खेलको इन्जुरी समयमा साबित्राले व्यक्तिगत दोस्रो गोल गर्दै नेपाललाई हार बाट जोगाइन् । दोस्रो मैत्रिपूर्ण खेलमा भारत र नेपाल सनिबार प्रतिस्पर्धा गर्नेछन् ।

footer