kumari
stcnepal

आईसीसी विश्व लिग २ मा आज नेपाल र स्कटल्याण्ड बीचको खेल हुँदै

राजधानीमा जारी आईसीसी विश्व क्रिकेट लिग टू सिरिजमा घरेलु टोली नेपालले आज स्कटल्यान्ड सँग प्रतिस्पर्धा गर्दैछ। आफ्ना अन्तिम तीन खेल अगाडि नै च्याम्पियन भइसकेको स्कटल्याण्ड र घरेलु भूमिमा लगातार दोस्रो जित खोजिरहेको नेपाल बीच बिहान ९ बजे त्रिवि क्रिकेट मैदानमा खेल सुरू हुनेछ।नेपालले यसअघि आफ्नो पहिलो खेलमा नामिबिया माथि कीर्तिमानी जित निकालेको थियो। घरेलु मैदान र समर्थकको साथ रहेको नेपालले दोस्रो खेलमा पनि लय समात्ने प्रयासमा हुनेछ।

कप्तान रोहित पौडेलले नामिबियाको खेल बाट प्राप्त आत्मविश्वास र उर्जालाई स्कटल्याण्ड विरूद्ध प्रयोग गर्ने बताए। पहिलो खेलमा नामिबिया विरुद्ध सानदार प्रदर्शन गरेको नेपालको असली परिक्षा आज हुनेछ। स्कटल्यान्डको बलिङ र ब्याटिङ दुबै विश्वस्तरिय रहेको छ। नामिबियालाई हराउन ओपनर कुशल भुर्तेलले १ सय १५ र कप्तान रोहित पौडेलले ७२ रनको इनिङ खेलेका थिए। २५ खेल बाट २० अंक जोडेको नेपाल तालिकाको छैटौं स्थानमा छ। सिधै ओडीआई जोगाउन नेपाललाई बाँकी एघार मध्ये कम्तीमा आठ खेल जित्नै पर्ने हुन्छ। च्याम्पियन भएर यसै वर्ष हुने ग्लोबल छनोटमा सोझैं छनोट भइसकेको स्कटल्यान्ड ३३ खेलमा २३ मा जित र ८ मा हार सहित ४८ अंकका साथ शीर्ष स्थानमा छ।

नेपाल आफ्नो भविष्यको लागि संघर्ष गर्दा स्कटल्यान्डको लागि प्रतिष्ठाको लडाई हुनेछ। स्कटल्यान्डले नेपाल सँग टियु मैदानमा पहिलो पटक प्रतिस्पर्धा गर्दैछ। पहिलो पटक नेपाल आएको स्कटल्यान्डले नेपालमा नामिबिया विरुद्ध डेब्यू गरेको थियो।

 

 

footer