kumari
stcnepal

स्कटल्याण्ड माथि नेपालको सान्दार जित नायक बने कुशल र दीपेन्द्र

आइसिसी विश्वकप लिग-२ अन्तर्गत स्कटल्यान्डलाई नेपालले ३ विकेटले पराजित गरेको छ। शुक्रबार कीर्तिपुर स्थित त्रिवि मैदानमा स्कटल्यान्डले दिएको २७५ रनको लक्ष्य नेपालले ७ विकेट गुमाएर ४७ ओभरमा पूरा गर्‍यो।

नेपालको जितमा दिपेन्द्रसिंह ऐरी र कुशल मल्लले अर्धशतक प्रहार गरे। कुशलले ८१ रनको योगदान गरे। उनले ६७ बलमा ९ चौका र ४ छक्का प्रहार गरे। कुशलले एकदिवसीय खेलमा दोस्रो अर्धशतक प्रहार गरेका हुन्। यसअघि उनले लिग-२ कै खेलमा अमेरिका विरुद्ध अर्धशतक प्रहार गरेका थिए।

दिपेन्द्रसिंह ऐरीले नटआउट ८५ रन जोडे। उनले ११६ बलमा ८ चौका र १ छक्का हिर्काए। कुशल र दिपेन्द्र बीच छैटौं विकेटका लागि सय रनको साझेदारी भएको थियो। यहि साझेदारी नेपालको जितको आधार बन्यो।

footer