kumari
stcnepal

विश्वकप लिग -२ आज तेस्रो खेल, नामिबिया सग खेल्दै नेपाल

काठमाडाैँ- आइसिसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिजको आफ्नो तेस्रो खेलमा नेपाल आज नामिबिया सँग भिड्दैछ। घरेलु मैदानमा जारी सिरिजमा नेपाल लगातार दुई खेलमा जित निकालेकाले तेस्रो खेलमा पनि सोही लय कायम राख्ने लक्ष्यमा रहेको छ। शनिबार बिहान ९ बजे बाट टियु मैदान किर्तिपुरमा सुरु हुने खेलमा नामिबिया सँग दोस्रो र समग्रमा तेस्रो खेलमा जित निकाल्ने प्रयास गर्ने छ।

बुधबार नामिबियालाई हराएको नेपालले शुक्रबार स्कटल्याण्डलाई पराजित गरेको थियो। नामिबिया भने जारी सिरिजमा जितवि‍हीन रहेको छ। तेस्रो खेलमा पहिलो जितको प्रयासमा रहेको नामिबिया नेपाल विरुद्ध पहिलो जितको खोजिमा रहेको छ। पहिलो खेलमा घरेलु टोली सँग पराजित नामिबिया दोस्रो खेलमा स्कटल्याण्ड सँग हार भोग्न बाध्य भएको थियो।

सिरिजमा नेपाल २६ खेलमा २२ अंक जोडेर छैटौँ स्थानमा रहेको छ। नामिबिया ३२ खेलमा ३७ अंक जोडेर तेस्रो स्थानमा रहेको छ। नेपाल शीर्ष पाँचमा रहनका लागि जारी सिरिजका सबै खेल जित्न चाहन्छ।

footer