kumari
stcnepal

केपी ओली फुटवल कप आज बाट सुरू हुने

काठमाडौं ।‘केपी ओली कप राष्ट्रिय फुटबल च्याम्पियनसिप’ प्रतियोगिता आज बाट सुरु हुँदैछ । नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघ नेपालको आयोजनामा हुन लागेको प्रतियोगितामा आयोजक टोली केपी ओली फुटबल क्लब सहित ‘ए’ डिभिजनका ७ टोली गरी ८ टिमले प्रतिस्पर्धा गर्ने छन् ।

प्रतियोगितामा आयोजक सहित ‘ए’ डिभिजनका मछिन्द्र फुटबल क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, न्युरोड टिम एनआरटी, चर्च ब्वाइज युनाईटेड क्लब, सातदोबाटो युथ क्लब र जवालाखेल युथ क्लब सहभागी छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने प्रतियोगिताको उद्घाटन खेलमा आज मध्यान्न १२ः३० बजे पुलिस क्लब र सातदोबाटो युथ क्लब भिड्दै छन् । प्रतियोगिताको उद्घाटन एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्ने कार्यक्रम रहेको आयोजक युवा संघले जनाएको छ ।

प्रतियोगिताको विजेता टोलीले उपाधि सहित १० लाख नगद तथा उपविजेता टोलीले नगद ५ लाख सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । यसैगरी, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक लाख, उत्कृष्ट विधाका खेलाडी र उदयीमान खेलाडीलाई जनही ५० हजार र हरेक खेलको म्यान अफ दि म्याच खेलाडीलाई नगद १५ हजार रुपैयाँ प्रदान गरिने बताइएको छ । प्रतियोगिताको फाइनल खेल भने फागुन १७ गते दशरथ रंगशालामा हुनेछ ।

footer