kumari
stcnepal

कृषि विकास बैंक घोटला काण्डमा विशेष अदालतको फैसला बिरूद्ध अख्तियार पुग्यो सर्वोच्चमा

काठमाडौं । कृषि विकाश बैंक घोटाला गरेको मुद्दामा विशेष अदालतले गरेको फैसला विरुद्ध पुनरावेदनको माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग सर्वोच्च अदालत पुगेको छ । कृषि विकाश बैंकको मुख्य शाखा कार्यालय न्युरो डबाट दीपिका रेग्मी समेतले संगठित रूपमा अनधिकृत तरिकाले ४ करोड २४ लाख १३ हजार रुपैयाँ रकम निकालेर हिनामिना गरेको आयोगको निष्कर्ष छ ।

सोही अनुरुप अख्तियारले अख्तियारले विशेष अदालतमा दायर गरेको मुद्दामा विशेषले दीपिका रेग्मीलाई ८ वर्ष कैद र ३ करोड ९२ लाख ४४ हजार जरिवाना र रमेशराज विष्टलाई ४ वर्ष कैद र ३१ लाख ६८ हजार जरिवाना फैसला गरेर अन्य प्रतिवादीलाई सफाइ दिएपछि अख्तियार मंगलबार सर्वोच्च अदालतमा पुगेर पुनरावेदन गरेको छ ।

अख्तियारले दीपिका र रमेशराज सहित प्रेमहरि ढुंगेल, गोपाल गिरि, महेश्वर मरहट्ठा, सलिल रेग्मी, तारानाथ पाण्डे र प्रकाश घतानी समेतलाई मुद्दा चलाएको थियो । दई जना बाहेक अन्यलाई सफाइ दिएपछि अख्तियार फैसलाप्रति असन्तुष्ट रहँदै आएके थियो । घोटाला रकम दीपीकाले १० प्रतिशत र प्रेमहरि ढुंगेल सहित अरुले ९० प्रतिशत लिएको आयोगको निष्कर्ष छ ।

footer