kumari
stcnepal

आज थपिए ३८ जना कोरोनाका संक्रमित

काठमाडौँ । देशभर थप ३८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । ६५६ जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट १५ तथा एन्टिजेन विधिबाट २३ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ । यो तथ्याङ्क ३ दिनको एकमुस्ट विवरण हो ।

यही अवधिमा थप ७ जना निको पनि भएका छन् । योसँगै देशभर पीसीआर विधिबाट सङ्क्रमितको सङ्ख्या १ सय ७१ पुगेको छ । मन्त्रालयका अनुसार थप ५१ हजार ९९८ जनाले कोरोनाविरुद्धको खोप पनि लगाएका छन् ।

footer