kumari
stcnepal

आज एकै दिनमा थपिए कोरोनाका ८० जना संक्रमित

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ८० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन विधि बाट एक हजार ११७ जनाको स्वाब परीक्षण गर्दा ८० जनामा सङ्क्रण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा ४६६ जनाको पीसीआर परीक्षण गर्दा ६४ जना र ६५१ जनाको एन्टिजेन परीक्षण गर्दा १६ जनामा संक्रमण पुष्टि भएको हो । अघिल्लो दिन ७६ जनामा सङ्क्रमण पुष्टि भएको थियो ।

यस्तै, पछिल्लो २४ घण्टामा १२ जना संक्रमित निको भएका छन् भने कोही पनि संक्रमितको मृत्यु भएको छैन । हाल देशभर सक्रिय संक्रमितको संख्या २७९ जना छ ।

footer