kumari
stcnepal

आज थप ६४ जनामा कोरोना भाइरस सङ्क्रमण

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप ६४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । १ हजार १७० वटा नमुनाको परीक्षण गर्दा पीसीआर विधि बाट ४१ तथा एन्टिजेन विधि बाट २३ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार यही अवधिमा थप ५७ जना सङ्क्रमणमुक्त पनि भएका छन् । यो सँगै देशभर पीसीआर विधि बाट सक्रिय सङ्क्रमितको सङ्ख्या ३५७ पुगेको छ । त्यस्तै, थप २० हजार २५७ जनाले कोरोना भाइरस विरुद्धको खोप पनि लगाएका छन् ।

footer