kumari
stcnepal

आज थपिए कोरोनाका १ सय ७१ जना संक्रमित, आज २ जनाको कोरोनाकै करण निधन

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट एकै दिन थप दुई जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा थप दुई जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको हो । यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमणमा ज्यान गुमाउनेको कुल संख्या १२ हजार २२५ जना पुगेको छ ।

यस्तै, नेपालमा पछिल्लो २४ घण्टामा थप १७१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन विधिबाट दुई हजार २९२ जनाको स्वाब परीक्षण गर्दा १७१ जनामा सङ्क्रण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा ९८० जनाको पीसीआर परीक्षण गर्दा १०५ जना र एक हजार ३१२ जनाको एन्टिजेन परीक्षण गर्दा ६६ जनामा संक्रमण पुष्टि भएको हो । अघिल्लो दिन १०४ जनामा सङ्क्रमण पुष्टि भएको थियो ।

यस्तै, पछिल्लो २४ घण्टामा ८५ जना संक्रमित निको भएका छन् । हाल देशभर सक्रिय संक्रमितको संख्या ३९७ जना छ । सक्रिय सङ्क्रमित मध्ये २२ जना आइसोलेसन, ८ जना आईसीयू र ४ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।

footer