kumari
stcnepal

एसीसी प्रिमियर कप : आज नेपाल र ओमान बीच खेल हुदै

काठमाडौं । काठमाडौंमा जारी एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा आज घरेलु टोली नेपाल र ओमानबीच प्रतिस्पर्धा हुँदैछ ।बिहान ९ बजे बाट कीर्तिपुर स्थित टियु क्रिकेट मैदानमा सुरु हुनेछ ।

यसैगरी, सोही समयमा मुलपानी क्रिकेट मैदानमा हङकङ र यूएई बीच प्रतिस्पर्धा हुनेछ । कुल दश टिमको सहभागिता रहेको प्रतियोगिताको समूह ए मा आयोजक नेपाल, ओमान, कतार, मलेसिया र साउदी अरेबिया रहेका छन् भने समूह बी मा बहराइन, कुवेत, सिंगापुर, हङकङ र यूएई रहेका छन् ।

लिग चरणको समाप्तिमा प्रत्येक समूहको शीर्ष दुई स्थानका टिमले सेमिफाइनलको यात्रा तय गर्नेछ । प्रतियोगिताका विजेता टिम एसिया कपका लागि छनोट हुनेछ । शीर्ष तीन स्थानमा रहने टिम एसिया इमर्जिङपका लागि छनोट हुने एसियन क्रिकेट काउन्सिल (एसीसी)ले जनाएको छ ।

footer