kumari
stcnepal

एसीसी प्रिमियर कप : बर्षाका कारण खेल रद्ध, नेपाल सेमिफाइनलमा

काठमाडौं । एसीसी प्रिमियर कप अन्तरगत नेपाल र साउदी अरब बीचको खेल वर्षाका कारण रद्द भएको छ । दुई टीमले १-१ अंक बाँडेसँगै नेपालले सेमिफाइनलमा स्थान बनाएको छ । समूह ए को शीर्ष स्थानमा रहेको नेपालले दुई खेल र एक बराबरी सहित ५ अंक बटुल्दै एक खेलअगावै सेमिफाइनल प्रवेश गरेको हो । नेपालले अब अन्तिम खेल कतार सँग खेल्न बाँकी छ ।

समूह विजेता को हुने भने चाहीँ अन्तिम खेलले निर्धारण गर्नेछ । नेपालले कतार सँग जित हासिल गरेको खण्डमा समूह विजेता भएर अर्को समूहको उपविजेता सँग सेमिफाइनल खेल्नेछ । यदि नेपालले सो खेल हार्‍यो र दोस्रो स्थानमा रहेको ओमानले साउदीअरब सँगको अन्तिम खेल जित्यो भने नेपाल उपविजेता बन्नेछ र अर्को समूहको विजेता सँग सेमिफाइनल खेल्नेछ ।

आज बिहानैदेखिको वर्षाका कारण टस हुन सकेको थिएन । दिउँसो २ बजेसम्म टस भए खेल सम्भव हुने भए पनि वर्षा रोकिने छाँट नदेखिएपछि खेल स्थगित गरिएको हो । नेपालको खेल हेर्न मैदानमा आएका दर्शकहरू निराश भएर फर्किएका छन् ।

footer