kumari
stcnepal

सन्दीप लामिछाने बिरूध्द मुद्दा अर्को साता सुनुवाइ हुने

काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने विरुद्धको बलात्कार मुद्दाको सुनुवाई एक साता सरेको छ । सोमबार न्यायाधीश दीपक ढकालको इजलासमा पीडितका कानून व्यवसायीहरुले बहस गरे । सोमबार दुवै पक्षको सुनुवाइ नसकिएपछि मुद्दा अर्को साताका लागि सरेको काठमाडौं जिल्ला अदालतका एक अधिकारीले जानकारी दिए ।

न्यायाधीशले उक्त मुद्दालाई निरन्तर सुनुवाई गर्ने आदेश नगरेकाले अर्को साता यो मुद्दा कुन इजलासमा पर्नेछ भन्ने टुंगो छैन । न्यायाधीश ढकालको इजलासमा परेमा मात्रै मुद्दा थप अघि बढ्छ भने अरु न्यायाधीशको इजलासमा परेमा फेरि सुरुदेखि सुनुवाई गर्नुपर्ने हुन्छ ।

footer