kumari
stcnepal

आज थपिए कोरोनाका ५१ जना संक्रमित, थप १ जनाको निधन

काठमाडौं । नेपालमा कोरोना संक्रमणका कारण थप एकजनाको मृत्यु भएको छ । त्यस्तै, पछिल्लो २४ घण्टामा एक कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म नेपालमा कोरोनाका कारण १२ हजार ३० जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

एक हजार २३८ वटा स्वाब नमुनाको परीक्षण गरिएकामा ५१ को नतिजा पोजिटिभ आएको हो । २०५ नमुनाको पीसीआर परीक्षण गर्दा २२ र एक हजार ३३ नमुनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा २९ जनामा संक्रमण देखिएको हो । २४ घण्टामा देशभर ३५ जना निको भएका छन् । योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या नौ लाख ९० हजार ५५० पुगेको छ ।

हाल देशभर २७ संक्रमित आइसोलेसनमा छन् । अस्पतालमा रहेका कोरोना संक्रमितमध्ये आठ आईसीयू र एकजना भेन्टिलेटरमा उपचाररत छन् । अहिले देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ३६१ रहेको मन्त्रालयले शनिबार जनाएको छ ।

footer