kumari
stcnepal

निरू हत्याकाण्ड : झापा बाट एकजना पक्राउ

निरा आचार्यको हत्या प्रकरणमा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। प्रहरी उच्च स्रोतका अनुसार निराको हत्या आरोपमा विनोद बिकलाई पक्राउ गरिएको हो।

घटना अनुसन्धानमा संलग्न अर्का एक प्रहरी अधिकारीले विनोदलाई केही दिनअघि नै पक्राउ गरी सोधपुछ गरिरहेको बताएका छन्।काठमाडौंको कपन, सरस्वतीनगरमा भाँडा पसल चलाउँदै आएकी निराको वैशाख ७ गते दिउँसो पसलमै भएका बेला धारिलो हतियार प्रयोग गरी हत्या भएको थियो।

यस घटनाको अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्युरोकी प्रमुख एआइजी किरण बज्राचार्यको नेतृत्वमा उच्चस्तरीय अनुसन्धान समिति बनेको थियो।

footer