kumari
stcnepal

त्रृण तिर्नका लागि नै निराको हत्या गरेको प्रहरीको ठहर

काठमाडौं । १० दिनअघि कपनकी निरा आचार्य पान्डेको हत्यामा संलग्न अभियुक्त बिनोद विकलाई प्रहरीले सार्वजनिक गरेको छ । गहना लुट्नकै लागि उनको हत्या भएको प्रहरीले जनाएको छ ।

केन्द्रीय अनुसन्धान ब्यूरो(सिआइबी)ले घटना विवरण सार्वजनिक गरेको हो । विकले केही समय झापाको क्यासिनोमा बाउन्सरको काम गरेको र त्यहाँ जुवा खेल्ने क्रममा हारेका थिए । त्यो पैसा तिर्न ऋण लिएको र त्यसैका लागि उनले सुन लुट्न खोज्ने क्रममा निराको हत्या प्रहरीले जनाएको छ ।

‘क्यासिनोमा हारेको पैसाको ऋण नतिरेसम्म घर नआउनु भनिएको रहेछ,’ सिआइबीका एसएसपी दिनेश आचार्यले भने,‘त्यही पैसा जम्मा गर्नकै लागि सुन लुट्न खोज्दा हत्या भएको खुलेको छ ।’ हत्यापछि उनले निराको सिक्रि लुटेका थिए । विकलाई झापाबाट प्रहरीले पक्राउ गरी ल्याएको हो ।

footer