kumari
stcnepal

टोपबहादुर रायमाझीका छोरा सन्दीप बुटवलमा पक्राउ

नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीका छोरा पक्राउ परेका छन् । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने खेलमा संलग्न रहेको आरोपमा प्रहरीले रायमाझीका छोरा सन्दीपलाई रुपन्देहीको बुटवलबाट पक्राउ गरेको हो ।

प्रहरी उच्च स्रोतका अनुसार बुधबार वारेन्ट जारी भए सँगै उनलाई साँझ बुटवलबाट पक्राउ गरिएको हो । प्रहरीले टोपबहादुरको नाममा समेत वारेन्ट जारी गरेपनि उनलाई पक्राउ गरिसकेको छैन । बुधबार अर्घाखाँचीको कार्यक्रममा सहभागी भएका टोपबहादुर सभामुख देवराज घिमिरेसँगै काठमाडौँ फर्किएको बताइएको छ ।

यो प्रकरणमा प्रहरीले तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई र उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डेलाई पक्राउ गरिसकेको छ । पीडितहरुले दिएको उजुरीका आधारमा सुरुमा ५ जनालाई पक्राउ गरेसँगै उनीहरुले दिएको बयानका आधारमा राई, सन्दीप रायमाझी र पाण्डे पक्राउ परेका हुन् ।

यस्तै तत्कालीन गृहमन्त्री थापाका छोरा प्रतीक र एमाले सचिव टोपबहादुर विरुद्ध वारेन्ट जारी भए सँगै उनीहरु निगरानीमा रहेको र छिट्टै पक्राउ पर्ने प्रहरीको भनाइ छ । हालसम्म शरणार्थीको नाममा ठगी गरेको आरोपमा पक्राउ पर्नेको संख्या ८ जना पुगेको छ ।

footer