kumari
stcnepal

भत्तपुरमा गुडीरहेको गाडीबाट खसेर एक महिलाको निधन

भक्तपुर । गुडिरहेको गाडीबाट खसेर आज भक्तपुरमा एक महिलाको मृत्यु भएको छ । भक्तपुर नगरपालिका-१ सल्लाघारी हनुमन्ते पुलस्थित राधेराधेबाट निकोसेरातर्फ जाँदै गरेको बा.२१च. ५३०१ नंको गाडीमा सवार एक महिलाको खसेर मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक प्रजित केसीले जानकारी दिए ।

करिब ४३ वर्षीया मृतक महिलाको पहिचान हुन नसकेको र पहिचानको प्रयास भइरहेको उनले बताए । गाडीबाट खसेर घाइते भएकी महिलाको सल्लाद्वारी स्थित डा इवामुरा मेमोरियल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । गाडी चालक काभ्रे भुम्लु गाउँपालिका-३ घर भई हाल ललितपुर इमाडोल बस्ने ३० वर्षीय सूर्यबहादुरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । चालक सूर्यबहादुरलाई प्रहरी वृत्त जगातीमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक केसीले बताए ।

footer