kumari
stcnepal

ललिता निवास जग्गा काण्डमा भाटभटेनी सुपरमार्केटका सञ्चालक मिन बहादुर गुरूङ सहित ६ जना पक्राउ

काठमाडौँ । ललिता निवास प्रकरणमा पक्राउ पर्नेको संख्या ६ पुगेको छ । डिल्लीबजार मालपोतका तत्कालीन खरदार गोपाल कार्की पक्राउ परेसँगै मंगलबार पक्राउ पर्नेको संख्या ६ पुगेको एआईजी किरण बर्जाचार्यले जानकारी दिएकी हुन् ।

यसअघि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले  भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङसहित डिल्लीबजार मालपोत कार्यालयका तत्कालीन प्रमुख कलाधर देउजा, कर्मचारी सुरेन्द्रमान कपाली, हुपेन्द्रमाणि केसी र धर्मप्रसाद गौतमलाई पक्राउ गरेको थियो ।
footer