kumari
stcnepal

दाईजो माग्ने बेहुला विवाह मण्डला बाट पक्राउ

काठमाडौँ – प्रहरीले काठमाडौँको नक्साल स्थित एक पार्टी प्यालेसको विवाह मण्डपबाटै एक बेहुलालाई पक्राउ गरेको छ। मंगलबार हुन लागेको विवाहमा बेहुला पक्षले दाइजाे नपाएसम्म विवाह नगर्ने अडान लिएको कुरा प्रहरीले थाहा पाएपछि मण्डपबाटै बेहुलालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा हाल काठमाडौँको ताहाचल बस्दै आएका सुनसरी दुहवी नगरपालिका- ६ का ३२ वर्षीय अनुराग रौनियार रहेका छन्। उनीसँग अमेरिकाको ग्रिन कार्ड पनि छ। प्रहरीका अनुसार बेहुला पक्षले बेहुली पक्षबाट ५० लाख रुपैयाँ दाइजो मागेको खुलेको छ। बेहुला पक्षले विवाहका क्रममा आफूहरूले मागे जति दाइजो नपाएको र जन्तीलाई पनि राम्रो स्वागत नगरेको भन्दै ५० लाख रुपैयाँ दाइजो नपाए विवाह रद्द गर्ने अडान लिएका थिए।

मण्डपमा रहेकी बेहुलीलाई समेत गाली बेइज्जती तथा हातपात भएको प्रहरीले जनाएको छ। विवाह खर्चवापत बेहुला पक्षले पटक-पटक गरी २२ लाख रुपैयाँ लगेको बेहुली पक्षको दाबी छ। घटनाबारे अनुसन्धान गर्न प्रहरीले अदालतबाट पाँच दिनको समय पाएको छ।

 

footer