kumari
stcnepal

ललिता निवास प्रकरण : पूर्व गृहसचिव नारायणगोपाल मलेगो सीआईबीको छानबिनमा

काठमाडौँ । ललिता निवास प्रकरणमा गृह मन्त्रालयका पूर्वसचिव नारायणगोपाल मलेगो विरुद्ध केन्द्रीय अनुसन्धान ब्युरोले छानबिन थालेको छ । बालुवाटार स्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गराउन मलेगोको पनि भूमिका देखिएपछि छानबिन थालिएको सिआईबीका एकजना उच्च अधिकृतले बताए । मलेगो २०७२ मङ्सिर ६ देखि ०७३ भदौ ८ सम्म गृह मन्त्रालयको सचिव थिए । भौतिक योजना तथा निर्माण मन्त्रालयको सह–सचिव हुँदा सरकारी जग्गा व्यक्तिको नाममा लैजाने प्रक्रियामा मलेगोको संलग्नता देखिएको छ ।

त्यसबेला भौतिक योजना तथा निर्माण मन्त्रालयले बालुवाटार स्थित ललिता निवास परिसरमा ‘बाटो विस्तार गर्नुपर्छ’ भन्ने प्रस्ताव मन्त्रिपरिषद्ले पठाएको थियो । भौतिक योजना तथा निर्माण मन्त्रालयका तत्कालीन सचिव दीप बस्न्यातले पठाएको प्रस्तावमा मलेगोले पनि हस्ताक्षर गरेको अनुसन्धानबाट थाहा भएको छ ।केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)का अनुसन्धान अधिकृतका अनुसार भौतिक योजना तथा निर्माण मन्त्रालयको प्रस्तावको टिप्पणी तत्कालीन सह–सचिव मलेगोले ‘राय सहित’ पेश गरेका थिए ।

footer