kumari
stcnepal

दुई लाख घुस सहित मोरङको सुन्दरहरैचा नगरपालिकाका लेखा अधिकृत शेखर ढकाल अख्तियारको नियन्त्रणमा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मोरङको सुन्दरहरैचा नगरपालिकाका लेखा अधिकृत शेखर ढकाललाई कार्यालयबाटै नियन्त्रणमा लिएको छ ।

अख्तियारले अधिकृत ढकाललाई सेवाग्राहीबाट दुई लाख घुस लिएको अवस्थामा उक्त रकम सहित शुक्रबार नियन्त्रणमा लिएको हो । ढकालले नगरपालिका तथा वडा कार्यालयहरुमा मर्मत सम्भारको भुक्तानी दिने क्रममा सेवाग्राहीसँग घुस मागको अख्तियारले बताएको छ । ढकाल माथि थप अनुसन्धान भइरहेको अख्तियार जनाएको छ ।

footer