kumari
stcnepal

सञ्चार सचिवलाई आज सर्वोच्च अदालतमा उपस्थित गराइँदै

काठमाडौं। ललिता निवास प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरोको हिरासतमा रहेका सञ्चार सचिव कृष्णबहादुर राउत सहितलाई आज अदालतमा उपस्थित गराइदैँछ । सर्वोच्च अदालतको आदेश अनुसार सञ्चार सचिव राउत, भाटभटेनी सुपरमार्केटका सञ्चालक मिनबहादुर गुरुङ सहितलाई सोमबार अदालतमा उपस्थित गराइन लागिएको हो ।

हिजो (आइतबार) अन्य बन्दीको रिटका कारण उनीहरुको मुद्दा हेर्न नभ्याइए पछि सर्वोच्च अदालतले सोमबार अदालतमा पेश गर्न आदेश दिइए अनुसार आज उनीहरु उपस्थित हुन लागेका हुन् । सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलका अनुसार आइतबार हेर्न नभ्याइए पछि सर्वोच्चले सोमबारको पेशी दिएर इजलाशमा पेश गर्न आदेश दिएको हो ।

footer