kumari
stcnepal

चालु आर्थिक वर्षको मौद्रिक नीतिमा सेयर धितोसम्बन्धी विद्यमान व्यवस्थामा कुनै परिमार्जन भएन

काठमाडौं । चालु आर्थिक वर्षको मौद्रिक नीतिमा सेयर धितोसम्बन्धी विद्यमान व्यवस्थामा कुनै परिमार्जन भएन । यसअघिको मौद्रिक नीतिमा सेयर धितो राखी प्रवाह हुने मार्जिन कर्जाको एकल ग्राहक सीमा एउटा वा सबै इजाजतपत्र प्राप्त वित्तीय संस्थाहरुबाट लिनसक्ने गरी अधिकतम सीमा १२ करोड रुपैयाँ कायम गरेको थियो ।

चालु आर्थिक वर्षको मौद्रिक नीतिले पनि यसमा कुनै परिमार्जन गरेन । सेयर लगानीकर्ताहरुले सेयर धितोको कर्जामा सहजता दिनुपर्ने माग गर्दै आएका थिए । तर, त्यसमा यस वर्षको मौद्रिक नीतिमा पनि कुनै पनि परिमार्जन भएन । तर, सेयर धितो कर्जा, रियल इस्टेट कर्जा तथा हायर पर्चेज कर्जाका विद्यमान जोखिम भारसम्बन्धी व्यवस्था पुनरावलोकन गरिने घोषणा मौद्रिक नीतिले गरेको छ ।

अहिले सेयर धितोमा प्रवाह हुने २५ लाखसम्मको कर्जाको जोखिम भार १०० प्रतिशत र सोभन्दा माथिको कर्जाको जोखिम भार १५० प्रतिशत राख्नुपर्ने व्यवस्था छ । यो व्यवस्थामा परिमार्जन गरिने घोषणा मौद्रिक नीतिमा गरिएको छ । यसले भने बैंकहरुलाई १२ करोडको सीमाभित्र रहेर सेयर धितोमा कर्जा प्रवाह गर्न केही सहज हुनेछ । सेयरमा मार्जिन प्रकृतिको कर्जा विस्तारै सेयर ब्रोकर मार्फत दिने व्यवस्था गर्ने घोषणा अघिल्लो मौद्रिक नीतिमा नै गरिएको थियो । त्यस विषयमा यो वर्षको मौद्रिक नीति केही पनि बोलेको छैन ।

footer