kumari
stcnepal

मध्य पहाडी लोकमार्ग आयोजनाको आयोजना निर्देशक हरिकुमार पोखरेल पक्राउ

काठमाडौँ । मध्य पहाडी लोकमार्ग आयोजनाको आयोजना निर्देशकलाई प्रहरीले पक्राउ गरेको छ । इन्जिनियर हरि कुमार पोखरेललाई त्रिपुरेश्वरबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका डिएसपी अनिल अधिकारीले बताए ।

घरमा काम गर्ने किशोरीलाई पोखरेलले बलात्कार गरेको आरोप छ । किशोरीले कालीमाटी स्थित महिला तथा बालबालिका सेवा केन्द्रमा जाहेरी दिएकी थिएन । त्रिुपरेश्वर स्थित ब्लुक्रस अस्पतालबाट पक्राउ गरेर इन्जिनियर पोखरेल माथि अनुसन्धान शुरु गरिएको डिएसपी अधिकारीले बताए । उनी संलग्न बलात्कार घटनाबारे सामाजिक सञ्जालमा पनि प्रश्न उठेको थियो ।

 

footer