kumari
stcnepal

ऋण तिर्न नसक्दा ऋणीको घर जग्गा कब्जा गरेर पटक–पटक जबरजस्ती करणी गरेको आरोपमा एक पक्राउ

काठमाडौं । ५ लाख ऋण तिर्न नसक्दा ऋणीको घर जग्गा कब्जा गरेर पटक–पटक जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर, ललितपुरको टोलीले ललितपुरको थेचोबाट सूर्जमान मालीलाई पक्राउ गरेको प्रहरीले  बतायो ।

यो घटनाका पीडितले शुक्रबार मात्रै गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेकी थिइन् । लगत्तै ललितपुर प्रहरीको विशेष टोलीले मालीलाई पक्राउ गरेको हो । उनलाई अदालत हाजिर गराएर थप अनुसन्धानका लागि म्याद लिने प्रहरीको तयारी छ । मालीबाट पटकपटक दुर्व्यवहार र यातना पाएपछि पीडितले आत्महत्या गर्ने प्रयास समेत गरेकी थिइन् ।

footer