kumari
stcnepal

कोलम्बियालाई २–१ गोल अन्तरले पराजित गर्दै इंग्ल्याण्ड महिला विश्वकपको सेमिफाइनलमा

काठमाडौं । इंग्ल्याण्ड महिला विश्वकप फुटबलको सेमिफाइनलमा पुगेको छ । शनिबार भएको खेलमा कोलम्बियालाई २–१ गोल अन्तरले पराजित गर्दै इंग्ल्याण्डले सहआयोजक अष्ट्रेलियासँग भेट पक्का गरेको हो ।

स्टेडियम अष्ट्रेलियामा भएको खेलमा कोलम्बियाले ४४औं मिनेटमा लिसी सान्तोषको गोलबाट अग्रता लिएको थियो । तर इन्जुरी टाइममा लोरेन हेम्पले बराबरी गोल फर्काइन् । खेलको ६०औं मिनेटमा एलेसिया रुसोले गोल गर्दै इंग्ल्याण्डलाई २– १ गोलको अग्रता दिलाइन् । त्यही अग्रता जोगाएर इंग्ल्याण्ड सेमिफाइनलमा पुगेको छ ।

footer