kumari
stcnepal

पूर्वकप्तान पारस खड्का काठमाडौं जिल्ला क्रिकेट संघको सदस्यमा चयन

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्का काठमाडौं जिल्ला क्रिकेट संघको सदस्यमा चयन भएका छन् ।

मंगलबार सम्पन्न काठमाडौं जिल्ला क्रिकेट संघको चौथो वार्षिक साधारण सभाले दिवाकर घलेको नेतृत्वमा कार्यसमिति चयन गरेको छ, जसमा पारस सदस्य चयन भएका हुन् । खेलाडी जीवनबाट सन्यास लिएपछि पहिलो पटक पारस जिल्लाको सदस्य बनेका हुन् ।

काठमाडौं जिल्लाको उपाध्यक्ष अजयविर पाण्डे, सचिवमा किरण राणा र कोषाध्यक्षमा विनित ध्वज चन्द सर्वसम्मत निर्वाचित भए । सदस्यहरुमा पारससँगै अमृता पौडेल, मनिष कुमार ढुंगेल, अरुण सत्याल,विजय शर्मा, रितेश डंगोल, रमन श्रेष्ठ, शाश्वत शर्मा, हिमाल राज गिरी, धिरेन्द्र लाल श्रेष्ठ र ज्योती गुरुङ छन् ।

footer