kumari
stcnepal

सन्दीप बिरूद्धको मुद्धा आज सुनुवाई भएन, गौशालाको आमाको जन्ममिति प्रमाणीकरण गर्न आदेश

काठमाडौं । सन्दीप लामिछाने विरुद्धको मुद्दामा आजको सुनवाइ पनि स्थगित भएको छ ।

जिल्ला अदालतका न्यायाधीश राजुकुमार खतिवडाले गौशाला २६ की आमाको जन्ममिति प्रमाणीकरण गर्न आदेश दिएका छन् । आमाको जन्ममिति दुईवटा आएर विवाद देखिएको भन्दै न्यायाधीश राजकुमार खतिवडाको इजलासले जन्ममिति प्रमाणीकरणपछि मात्र फैसला बहस हुने आदेश सुनाएको छ ।

अदालतले जन्ममिति प्रमाणीकरण प्राप्त भएको एक साता भित्र पेशी तोक्ने जानकारी गराएको सन्दीपका कानुन व्यवसायी सरोज घिमिरेले जानकारी दिए।

footer