kumari
stcnepal

लिग्स कपको फाइनलमा नासभिल एससीलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै इन्टर मियामी च्याम्पियन

काठमाडौं । लिओनल मेसीको प्रेरणादाणी प्रदर्शनमा अमेरिकन क्लब इन्टर मियामीले पहिलो उपाधि जितेको छ । आइतबार बिहान भएको लिग्स कपको फाइनलमा नासभिल एससीलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै इन्टर मियामी च्याम्पियन बनेको हो ।

टेन्नेसे स्थित गोएडिस पार्कमा भएको फाइनलमा इन्टर मियामीले नासभिललाई सुटबउटमा १०-९ ले पराजित गरेको हो । निर्धारित ९० मिनेटको खेल एक/एकको बराबरीमा सकिएपछि खेल सीधै पेनाल्टी सुटआउटमा पुगेको थियो ।

कप्तान मेसीले २३औं मिनेटमा सानदार गोल गर्दै इन्टर मियामीलाई पहिले अग्रता दिलाएका थिए । तर ५७औं मिनेटमा फाब्रिस पिकल्टले नासऐललका लागि गोल गर्दै खेल बराबरीमा पुर्‍याएका थिए । पेनाल्टी सुटआउटमा दुवैतर्फ बाट ११-११ पेनाल्टी प्रहार भएकोमा इन्टर मियामीका १० खेलाडीले गोल गरे । नासऐलका ९ खेलाडीले गोल गर्दा दुई खेलाडीले गोल गर्न सकेनन् ।

footer