kumari
stcnepal

मलेसियामा आज देखि सुरु हुने चार देशीय महिला टी-२० क्रिकेट सिरिजमा नेपालले आज हङकङ सँग खेल्दै

काठमाडौं । मलेसियामा आज देखि सुरु हुने चार देशीय महिला टी-२० क्रिकेट सिरिजमा नेपालले आज हङकङ सँग खेल्दैछ । नेपाल र हङकङ बीचको खेल बायुमास ओभलमा हुनेछ । खेल स्थानीय समय अनुसार दिउँसो २ बजे सुरु हुनेछ ।

त्यसअघि पहिलो खेलमा घरेलु टोली मलेसियाले कुवेतसँग खेल्नेछ । यही अगष्ट ३१ देखि मलेसियामै हुने आईसीसी महिला टी-२० विश्वकप एसिया क्वालिफायरको तयारी स्वरुप चारदेशीय टी-२० सिरिज खेल्न लागिएको हो । नेपालले सन् २०१९ यता हङकङलाई हराउन सकेको छैन । त्यसैले हङकङलाई पराजित गर्दै नेपाल सिरिजमा सुदख सुरुआत गर्ने योजनामा छ ।

गत जुनमा भएको इमर्जिङ कपमा भने नेपाल र हङकङबीचको खेल वर्षाले प्रभावित हुँदा रद्द भएको थियो । २०१९ मा टी-२० विश्वकप एसिया छनोटमा नेपालले हङकङलाई ४ विकेटले पराजित गरेको थियो । यस्तै २०२१ मा भएको टी-२० विश्वकप एसिया क्वालिफायरमा भने नेपाल हङकङसँग पराजित भएको थियो । यस्तै गत वर्ष भएको एसीसी महिला टी-२० च्याम्पियनसिपमा पनि नेपाल हङकङ सँग पराजित भएको थियो ।

footer