kumari
stcnepal

सीआईबीले ललिता निवास प्रकरणको अनुसन्धान प्रतिवेदन सरकारी वकिललाई पठायो

काठमाडौं । ललिता निवास प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अनुसन्धान प्रतिवेदन काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयलाई पठाएको छ ।

केही बेर अघि मात्रै अनुसन्धान प्रतिवेदन सरकारी वकिललाई पठाइएको सीआईबी प्रवक्ता दिनेश आचार्यले जानकारी दिए । सीआईबीले उक्त सरकारी जग्गा हिनामिना प्रकरणमा २ सय भन्दा बढी व्यक्तिलाई प्रतिवादी बनाउन राय दिएको जनाइएको छ ।

त्यसमध्ये ५० को संख्यामा जग्गा फिर्ता प्रयोजनका लागि मात्र प्रतिवादी बनाउनुपर्ने सीआईबीको प्रस्तावित राय छ । सिआइबीले उक्त प्रतिवेदन आइतबार नै बुझाउने तयारी गरेपनि प्रतिवेदन लेखन पुरा नभएको भन्दै आज (मंगलबार) वकिलको कार्यालयमा बुझाएको हो ।

 

 

 

footer