kumari
stcnepal

सुन तस्करीको अनुसन्धान र अभियोजन प्रक्रिया सकिएपछि समग्र विषयमा अध्ययन गर्न जाँचबुझ आयोग बनाउने सहमति

काठमाडौं । प्रमुख तीन दलको कार्यदलले सुन तस्करीको अनुसन्धान र अभियोजन प्रक्रिया सकिएपछि समग्र विषयमा अध्ययन गर्न जाँचबुझ आयोग बनाउने सहमति गरेको छ । सरकार आयोग बनाउन तयार भएपछि नेकपा एमालेका नेता सुवासचन्द्र नेम्बाङ, कांग्रेसका रमेश लेखक र माओवादी केन्द्रका हितराज पाण्डेलाई मस्यौदा बनाउने जिम्मा दिइएको थियो ।

मंगलबार तीन नेताले मस्यौदा तयार पारेका छन्, त्यसलाई केहीबेरमा बस्ने प्रमुख दलहरुको बैठकमा पेश गरिने माओवादी केन्द्रका प्रमुख समेतक पाण्डेले जानकारी दिए । अर्का एक सदस्यका अनुसार २ साउनमा बरामद भएको करिव ६० किलोग्राम सुन तस्करीको अनुसन्धान प्रक्रिया सीआईबीले नै गर्नेछ । ‘अहिलेले सीआईबीले गरेको अनुसन्धानले निरन्तरता पाउँछ र निष्कर्षमा पुगेपछि अभियोजन प्रक्रिया अघि बढ्छ’ ती सदस्य भन्छन्, ‘त्यसपछि समग्र विषयमा अध्ययन गर्न आयोग बन्छ ।’

 

footer