kumari
stcnepal

कुवेत माथि नेपालको ३४ रनको जित

काठमाडौं ।  वुमन्स टी-२० एसिया क्षेत्र छनोटअघिको चारदेशीय सिरिजको दोस्रो खेलमा पनि नेपाल विजयी भएको छ । मलेसियामा भएको खेलमा नेपालले आज कुवेतलाई ३४ रनले पराजित गरेको छ ।

नेपाललाई जिताउन इन्दु बर्माको अलराउन्डर प्रदर्शन रह्यो । उनले ब्याटिङमा १९ बलमा २ चौका सहित २३ रन बनाइन् भने बलिङ तर्फ ४ ओभरमा १० रन खर्चेर ३ विकेट लिइन् । बायोमास क्रिकेट ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ८९ रन बनाएको थियो ।

footer